काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा १७ सयले बढेर प्रतितोला ३ लाख १८ सय रुपैयाँ कायम भएको छ ।
हिजो ३ लाख १ सयमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदी प्रतितोला ८५ रुपैयाँले बढेको छ । हिजो ४ हजार ६०० रुपैयाँ रहेको चाँदी आज ४ हजार ६८५ मा कारोबार भइरहेको छ ।



