RE
Global College

सार्वजनिक यात्रुबाहक सवारी साधनको दर्ता खुल्यो,उपत्यका बाहिर विद्युतीय सवारीलाई प्राथमिकता

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुबाहक सवारी साधनहरूको दर्तासम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ। विभागले  सूचना जारी गर्दै काठमाडौँ उपत्यकाभित्रको रुट तथा सवारी व्यवस्थापनलाई ध्यानमा राखेर नयाँ नियम लागू गरिएको जनाएको छ।

नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यका बाहिर सञ्चालन हुने विद्युतीय सार्वजनिक यात्रुबाहक सवारी साधनहरूलाई प्राथमिकता दिँदै दर्ता खुल्ला गरिएको छ।

काठमाडौँ उपत्यकाभित्र भने स्कुल बस र सट्टाभर्ना (साविकको सवारी साधनको सट्टामा दर्ता गरिने सवारी) को हकमा मात्र सार्वजनिक सवारी साधनको दर्ता खुल्ला रहने विभागले स्पष्ट पारेको छ।

यसअघि २०८३ जेठ ७ गतेको सूचना अनुसार आयात (पैठारी) हुने सार्वजनिक सवारी साधनको दर्ता रोक्का गरिएको थियो। त्यसपछि साउन १८ गते अर्को सूचना जारी गरी सार्वजनिक मालवाहक सवारी साधनको दर्ता खुल्ला गरिएको थियो।

सोही निर्णयको निरन्तरता स्वरूप २०८३ असोज १ गतेदेखि लागू हुने गरी सार्वजनिक यात्रावाहक सवारी साधनहरूको दर्तासम्बन्धी यो पछिल्लो निर्णय लागू गरिएको सूचनामा उल्लेख छ।

NECO

Leave Your Comment

Related News