CLI
Global College

टेन्ट हटाएपछि माइतीघर सडक खुला

काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा लामो समयदेखि जारी प्रदर्शनका कारण अवरुद्ध हुँदै आएको थापाथलीतर्फ जाने सडक खुला गरिएको छ।

बुधबार बिहान प्रहरीले सडकमा राखिएका आन्दोलनकारीका टेन्ट हटाएपछि उक्त सडकखण्डमा सवारी आवागमन सुचारु भएको हो।

सडकमा टेन्ट राखेर रातिसमेत धर्ना दिँदा सुरक्षाको जोखिम बढ्नुका साथै आन्दोलनकारीको स्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले टेन्ट हटाइएको प्रहरीले जनाएको छ।

प्रहरीले दिउँसोको समयमा प्रदर्शन तथा आन्दोलन गर्न कुनै अवरोध नरहेको स्पष्ट पारेको छ। तर, रातिको समयमा भने सडकमा नबस्न आग्रह गर्दै प्रहरीले टेन्ट हटाएको थियो।

माइतीघरको भित्री सडकखण्डमा दिनरात आन्दोलनकारीको उपस्थिति रहने र सडकमा टेन्ट राखेर धर्ना दिइँदै आएकाले लामो समयदेखि उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित हुँदै आएको थियो।

Leave Your Comment

Related News