CLI
Global College

कालिञ्चोक दर्शनका तीन आधारभूत शेयरधनीहरुले शेयर विक्री गर्ने

काठमाडौं । कालिञ्चोक दर्शनका तीन आधारभूत शेयरधनीहरुहले शेयर विक्रीका लागि कम्पनीमा निवेदन दिएका छन् । कम्पनीले सूचना जारी गर्दै गुरु प्रसाद अधिकारीले ६ लाख १ हजार २३० कित्ता, सुजन उप्रेतीले ९४ हजार ५०० कित्ता र थानेश्वर बस्यालले १ लाख १५ हजार ५०० कित्ता शेयर विक्रीका लागि निवेदन दिएका हुन ।

भदौ ९ गते नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरुमा एक निर्देशन जारी गर्दै आधारभूत शेयरधनीहरुले आफूले धारण गरेको शेयरको ५ प्रतिशत वा सोभन्दा बढी शेयर विक्री गर्न चाहेमा १५ दिनअघि जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो । सोही व्यवस्था बमोजिम आगामी तीन महिनाभित्र शेयर विक्री गर्ने जानकारी तीन आधारभूत शेयरधनीहरुबाट प्राप्त भएको भनाई कम्पनीको छ । यस कम्पनीको कुल ६३ लाख कित्ता शेयर दोस्रो बजारमा सूचीकृत छन् ।

कुल कित्ता शेयरमध्ये संस्थापकतर्फ ८० प्रतिशत र सर्वसाधारणतफै २० प्रतिशत स्वामित्व भएपछि हाल कम्पनीको संस्थापक शेयर पनि सर्वसाधारण शेयरको मूल्यमा कारोबार भैरहेको छ । कम्पनीको तीन वर्षसम्म लकइनमा रहेको संस्थापक, कर्मचारी र आयोजना प्रभावित स्थानीय तर्फको शेयर समेत गत माघ १७ गतेपछि लकइन खुला भैसकेको छ ।

लकइन खला भएपछि दोहोरो आईजीनको विवादका कारण कारोबार हुन नसकेको संस्थापक शेयर भदौ १७ गते सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले एकल आईजीन प्रदान गरेसँगै कम्पनीको संस्थापक तर्फको शेयर समेत कारोबारमा आएको हो ।

Leave Your Comment

Related News