RE
Global College

सेयर बजारमा लाभकर घटाइयो: ३६५ दिनभन्दा बढी स्वामित्व भएका सेयरमा ३.५ प्रतीशत मात्र कर

काठमाडौं । सरकारले शेयर बजारमा प्राकृतिक व्यक्तिहरूले धितोपत्र बिक्री गर्दा प्राप्त हुने लाभमा लाग्ने अग्रिम करको दरमा परिमार्जन गरेको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरूको शेयर कारोबारबाट हुने लाभमा नयाँ करदर कायम गरिएको जानकारी दिए।

नयाँ निर्णयअनुसार ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा राखिएका धितोपत्रको बिक्रीबाट प्राप्त लाभ रकममा ३.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेका धितोपत्रको लाभ रकममा ५ प्रतिशत अग्रिम कर बुझाउनुपर्नेछ।

नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको हितको निसर्ग (बिक्री वा हस्तान्तरण) गर्दा प्राप्त हुने लाभमा धितोपत्र विनिमय बजार सञ्चालन गर्ने निकायले नै तोकिएको दरमा सोझै अग्रिम कर कट्टी गरी कायम गर्ने निर्णय सरकारले गरेको हो।

दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने र पुँजी बजारमा लगानीकर्ताको मनोबल उच्च बनाउने उद्देश्यले सरकारले करको दर घटाएको बताइएको छ।

NECO

Leave Your Comment

Related News