RE
Global College

कतारमा नेपाली श्रमिकको हकहित र सीप विकासमा सहकार्य बढाउने विषयमा छलफल

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल–अन्सारीबीच द्विपक्षीय शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा कतारमा कार्यरत नेपाली श्रमिकको हकहित, सुरक्षा तथा नेपाल–कतार श्रम सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

मन्त्री यादवले नेपाली श्रमिकको सीप विकास, सीपअनुसारको रोजगारी तथा पारदर्शी र श्रमिकमैत्री भर्ती प्रक्रियाका लागि नेपाल र कतारबीचको सहकार्य थप सुदृढ गर्नुपर्नेमा जोड दिए ।

यस्तै, नेपालले हालै भोगेको विपद्का समयमा कतार सरकारले गरेको सहयोगप्रति मन्त्री यादवले आभार व्यक्त गरे । उनले विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका क्रममा रोजगारी सिर्जना, सीप विकास, तालिम तथा प्रभावित युवालाई श्रम बजारसँग जोड्ने कार्यक्रम सञ्चालनमा कतार सरकारको थप सहकार्यका लागि आग्रह गरे ।

भेटवार्तामा विद्यमान नेपाल–कतार द्विपक्षीय श्रम समझदारीलाई समयानुकूल बनाउँदै सीप विकास, तालिम तथा दक्ष जनशक्ति उत्पादनका क्षेत्रमा आपसी सहकार्य र समन्वय विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो ।

NECO

Leave Your Comment

Related News