RE
Global College

सिद्धार्थ र सिटिजन्स बैंकको लाभाश घोषणा, बोनस र नगद कति ?

काठमाडौं ।  सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज १ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो। त्यसैगरी,अग्राधिकार शेयरको लागि ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीलाई लाभांश वितरण गरिनेछ।

त्यसतै, सिटिजन्स  बैंक इन्टरनेसनलले पनि आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँको ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशको कुल रकम ६२ करोड २ लाख ९८ हजार रुपैयाँ रहेको छ।प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।

Leave Your Comment

Related News