काठमाडौं । नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत पाक्षिक बम्पर उपहारका भाग्यशाली विजेताहरूको विवरण सार्वजनिक भएको छ। मूल्य अभिवृद्धि कर को विद्युतीय बिजक लिने उपभोक्ताहरूमध्येबाट लक्की ड्रमार्फत छनोट गरिएका दुई भाग्यशाली करदाताले १०-१० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्।
सार्वजनिक नतिजा अनुसार भाद्र १६ देखि भाद्र ३१, २०८३ को अवधिमा ‘कात्यायनी पोलिक्लिनिक प्रा.लि.’ बाट २०० रुपैयाँको बिल लिने कुपन नम्बर ०४८ ९१५ ६१८ २११ का उपभोक्ताले १० लाख रुपैयाँ प्राप्त गरेका छन्। त्यसैगरी, भाद्र १ देखि भाद्र १५, २०८३ को अवधिमा ‘सुनिता फेन्सी स्टोर’ बाट ७,००० रुपैयाँको बिल लिने कुपन नम्बर ०३६ ४४७ ८५२ ३७८ का उपभोक्ताले अर्को १० लाख रुपैयाँको पाक्षिक बम्पर उपहार जित्न सफल भएका हुन्। सर्वसाधारण उपभोक्तामा वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा विद्युतीय बिल लिने बानीको विकास गराउन आन्तरिक राजस्व विभागले यो प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।



