काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच भेटवार्ता भएको छ।बिहीबार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा दुई अर्थमन्त्रीबीच भेटवार्ता भएको हो।
भेटमा नेपाल र भारतबीचको आर्थिक सहकार्य तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ। भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहेको थियो।



