RE
Global College

५० रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ डिजाइन तथा फरक विशेषतासहितको बैंकनोट प्रचलनमा ल्याएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले २०८३ असोज २ गतेदेखि साविककै आकार तथा डिजाइनमा परिमार्जित विशेषतासहितको ५० रुपैयाँ दरको नोट चलनचल्तीमा ल्याएको हो।

नयाँ नोटमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त’ भन्ने प्रतिज्ञात्मक वाक्यांश उल्लेख गरिएको छ। नोटको अगाडिको भागमा हिमालको चित्र तथा लालीगुराँसको पानी छाप रहेको छ भने त्यसको मुनि ‘५०’ अंकित पानी छापसमेत राखिएको राष्ट्र बैंकले जनाएको छ।

नोटको तल्लो भागमा सिरिज नम्बर ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ भने गर्भनर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ। नोटमा १.२ मिलिमिटर चौडा सुरक्षा धागो राखिएको छ, जसमा ‘NRB’ लेखिएको छ।

नोटको पछाडिको भागमा हिँड चितुवाको चित्र तथा त्यसमाथि ‘NEPAL RASTRA BANK’ लेखिएको छ। तल्लो भागमा ‘RUPEES FIFTY’ र सिरिज नम्बर ‘2025 A.D.’ उल्लेख गरिएको छ।

NECO

Leave Your Comment

Related News