RE
Global College

गणेशमानको त्याग र लोकतान्त्रिक आदर्श कांग्रेसमा पुनःस्थापित गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई पार्टीको संगठन र व्यवहारमा पुनःस्थापित गर्नुपर्ने बताएका छन्।

गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत श्रद्धासुमन व्यक्त गर्दै थापाले कांग्रेस अहिले १५औँ महाधिवेशनको यात्रामा रहेको उल्लेख गरेका छन्।

उनले महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने अवसरका रूपमा मात्र नलिई गणेशमान सिंहजस्ता अग्रज नेताहरूले देखाएको त्याग, साहस र लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्ने अवसरका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

‘समय बदलिएको छ, चुनौती बदलिएका छन्। तर लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन समयमा सही पक्षमा उभिने साहसको आवश्यकता झन् बढेको छ,’ थापाले भनेका छन्।

थापाले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने संकल्प गर्नुपर्नेमा जोड दिएका छन्।

Leave Your Comment

Related News