RE
Global College

२२.८५ अंकले बढ्यो नेप्से,कारोबार रकम पनि वृद्धि

काठमाडौं । नेप्से परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४५ वटा कम्पनीको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर कारोबार हुँदा ६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । विहिबारको तुलनामा कारोबार रकम १ अर्ब ३६ करोड रुपैयाँले बढेको हो। विहीबार कारोबार रकम ५ अर्ब ३८ करोड रुपैयाँ थियो।

यस दिन सेन्सेटिभ इण्डेक्स २.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२० अंक बढेको छ।

यस दिन ११ सबै उप समूह बढेका छन् । २ गप समूह घटेका छन।  बैंकिङ १.५९ प्रतिशत, विकास बैंक ०.४० ,  होटल्स तथा पर्यटन समूह ०.३३,  जलविद्युत ०.८५, लगानी ०.१०, जीवन बीमा १.५२, उत्पादन र प्रशोधन ०.५५, लघुवित्त ०.७५, म्युअुचल फण्ड ०.१९, निर्जीवन बीमा ०.४८ र व्यापार समूह ०.८५ प्रतिशतले बढेका छन् । वित्त ०.०२ प्रतिशत र अन्य समूह ०.११ प्रतिशत घटका छन् ।

यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.८१ प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ८.८४ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक पहिलोस्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News