RE
Global College

विदेश पढ्नेले लैजाने रकम घट्यो , साउनमा मात्रै १० अर्ब ८० करोड लगे

काठमाडौं ।  नेपाली विद्यार्थीले विदेश पढ्न लैजान रकममा कमी आएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनाको अवधिमा खुद सेवा आय रु.१० अर्ब ८२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.१३ अर्ब २४ करोडले घाटामा रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय वृद्धि भई रु.५ अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.५ अर्ब ४१ करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय २६.६ प्रतिशतले कमी भई रु.१५ अर्ब ९२ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय रु.१० अर्ब ८० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.२१ अर्ब ७० करोड रहेकोमा शिक्षातर्फको व्यय रु.१४ अर्ब ३१ करोड रहेको थियो ।

Leave Your Comment

Related News