काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संविधान जति नै उत्कृष्ट भए पनि त्यसलाई कार्यान्वयन गर्ने हातहरू इमानदार र अनवरत क्रियाशील नभए त्यो केवल कागजको टुक्रा मात्रै बन्ने बताएका छन्। संविधान दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले वर्तमान सरकार विद्यमान संविधानको अक्षर र भावनाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
उनले सुशासन र विकासका लागि सरकार सजग रहेको उल्लेख गर्दै भ्रष्टाचार र दण्डहीनताको जरो उखेल्न सरकार दृढताका साथ अघि बढेको दाबी गरे। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै देशमा सुशासन कायम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।



