RE
Global College

जनउत्थान सामुदायिक लघुवित्तका विभिन्न पदमा कर्मचारी माग

काठमाडौं । पूर्वको पर्सादेखि कञ्चनपुरसम्मका तराईका ११ वटा जिल्ला र पहाडी ८ जिल्ला गरी जम्मा १९ जिल्ला कार्यक्षेत्र रहेको नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्रप्राप्त जनउत्थान सामुदायिक लघुवित्तले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ।

कम्पनीले अधिकृत पदमा १ जना, कनिष्ठ अधिकृत पदमा ३ जना, व्यस्थापन प्रशिक्षार्थी (करार) पदमा ४ जना, सहायक पदमा ३ जना, कनिष्ठ सहायक पदमा १ जना र प्रशिक्षार्थी सहायक (करार) पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।

सम्बन्धित पदका लागि तोकिएको योग्यता पूरा भएका इच्छुक नेपाली नागरिकले आवश्यक कागजात सहित आगामी १५ दिनभित्र कम्पनीको बेवसाइटमार्फत दरखास्त आवेदन दिनु पर्नेछ। कार्यक्षेत्रभित्रका स्थानीय बासिन्दा र मोटरसाइकल/स्कुटर र लाइसेन्स भएकाले प्राथमिकता पाउँनेछन्।

Leave Your Comment

Related News