काठमाडौं । विकास बैंकहरुले नाफा कमाउन सफल भएका छन् । विकास बैंकहरुले चालू आर्थिक वर्ष (आव) को साउनमा ६५ करोड ७० लाख खुद मुनाफा कमाएका छन् । विकास बैंकहरुको गत आवको साउनको तुलनामा भने सो नाफा ३ करोड ६० लाखले कम हो । गत आवको साउनमा विकास बैंकहरुको खुद मुनाफा ६९ करोड ४० लाख रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउनमा सबैभन्दा बढी मुनाफा कमाउनेमा मुक्तिनाथ,गरिमा र महालक्ष्मी लगायतका बैंक रहेको छ ।
चालु आवको साउनमा मुक्तिनाथले १३ करोड ३० लाख, गरिमाले १२ करोड ७० लाख , महालाक्ष्मीले १० करोड ८० लाख र कामना सेवाले ९ करोड ९० लाख खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा ती बैंकहरु अर्थात् मुक्तिनाथले १५ करोड ७० लाख, गरिमाले १३ करोड ३० लाख, महालक्ष्मीले ६ करोड र कामना सोवले ९ करोड ३० लाख खुद नाफा कमाएको थियो ।
चालु आवको साउनमा साइन रेसुङगाले ९ करोड ५० लाख, ज्योति विकासले ८ करोड ५० लाख, सांग्रीला विकासले ४ करोड ७० लाख, मितेरीले ९० लाख, लुम्बिनीले पनि ९० लाख खुद नाफा कमाएको छ । गत आवको साउनमा भने साइन रेसुङगाले ८ करोड ५० लाख, सांग्रीलाले ६ करोड ९० लाख, मितेरीले ९० लाख र लुम्बिनीले ११ करोड खुद नाफा कमाएको थियो ।
त्यसैगरी ग्रीन, सप्तकोशी, नारायणी बैंकहरुले पनि नाफा कमाएका छन् । चालु आवको साउनमा ग्रीनले ५० लाख, सप्तकोशीले १० लाख र नारायणीले १० लाख खुद नाफा कमाएको छ । गत आवको साउनमा ग्रीनले ३० लाख, सप्तकोशीले ३० लाख खुद नाफा कमाउदा नारायणी भने २० लाख, कर्पोरेट १० लाख र सिन्धु ४० लाख घाटामा रहेका थिए ।




