RE
Global College

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा

काठमाडौं । शाइन रेसुङ्ग डेभलपमेण्ट बैंकले असोज २८ गते साधारण सभा बोलाएको छ  । सभा होटल सेफ्रन सि.के. प्रा लि. (हायात प्लेस) बुटवल,रुपन्देहीमा बिहान साढै ११ बजे सुरु हुनेछ ।

सभामा बैंकले ६ प्रतिशत बोनस शेयर र करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पेश हुनेछन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

NECO

Leave Your Comment

Related News