RE
Global College

चाडपर्व लक्षित यातायात व्यवस्थापनका लागि विभागले बोलायो बैठक

काठमाडौं । विजया दशमी, तिहार तथा छठ लगायतका प्रमुख चाडपर्वहरूलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनका लागि यातायात व्यवस्था विभागले सरोकारवाला निकायहरूको संयुक्त बैठक बोलाएको छ।

चाडपर्वको समयमा काठमाडौँ उपत्यकाबाट बाहिरिने तथा उपत्यका भित्रिने यात्रुहरूका साथै देशभरका अन्य मुख्य गन्तव्यहरूको यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन सहजीकरण गर्ने उद्देश्यले विभागले छलफल आयोजना गरेको हो।

विभागका अनुसार उक्त छलफल कार्यक्रम सोमबार दिनको १ : ०० बजे यातायात व्यवस्था विभागको सभा हल, मीनभवनमा आयोजना गरिएको छ।

चाडपर्वको समयमा यात्रुहरूको चाप अत्यधिक हुने भएकाले अग्रिम टिकट बुकिङ, भाडादर नियन्त्रण, सवारी साधनको अवस्था, सडक मर्मत तथा सुरक्षा व्यवस्थापन लगायतका विषयमा बैठकमा विस्तृत छलफल गरी आवश्यक निर्णयहरू लिइने अपेक्षा गरिएको छ।

NECO

Leave Your Comment

Related News