RE
Global College

वाणिज्य बैंकहरूमा ४७ अर्ब नाघ्यो गैरबैंकिङ सम्पत्ति, नाफा बढे पनि एनबीए व्यवस्थापन मुख्य चुनौती

काठमाडौं । वाणिज्य बैंकहरूले एक वर्षमा नाफा ४.२२ प्रतिशतले वृद्धि गरेपनि गैरबैंकिङ सम्पत्ति (एनबीए) व्यवस्थापन पछिल्लो समय प्रमुख चुनौती बन्दै गएको छ। बैंकहरूले प्रवाह गरेको कर्जा उठ्न नसकेपछि धितो लिलामी गर्दा समेत कसैले खरिद नगरेका कारण यस्तो सम्पत्ति बढ्दै जाँदा बैंकहरूलाई अतिरिक्त भार परेको हो।

चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा वाणिज्य बैंकहरूको यस्तो गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघेको छ। चालू आर्थिक वर्षको साउन महिनासम्म यस्तो गैरबैंकिङ सम्पत्ति ४७ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ।

१९ वाणिज्य बैंक मध्ये ५ बैंकको गैरबैंकिङ सम्पत्ति घटेको छ भने १४ वटा बैंकको बढेको छ। चालु आवमा सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकको रहेको छ। बैंकको उक्त सम्पत्ति १०.४६ प्रतिशतले बढेर ६ अर्ब ४३ करोड ३० लाख पुगेको छ। गत वर्ष ५ अर्ब ८२ करोड ३० लाख थियो।

यता, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको उक्त सम्पत्ति ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिको तुलनामा गैरबैंकिङ सम्पत्ति ५१.०५ प्रतिशत बढेको छ।

नबिल बैंकको गैरबैंकिङ सम्पत्ति ४६ करोड ६० लाख रुपैयाँ घटेको छ। गत आवको सोही अवधिमा बैंकसँग ४ अर्ब ५९ करोड रुपैयाँ थियो भने चालु आवको पहिलो महिनामा ४ अर्ब ९ करोड १० लाख मात्र रहेको छ। त्यस्तै, एभरेस्ट बैंकको उक्त सम्पत्ति ८.८३ प्रतिशतले घटेको छ। बैंकको चालु आवमा ५१ करोड ४० लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको छ। गत आवको सोही अवधिमा बैंकसँग ५६ करोड ४० लाख रुपैयाँ थियो।

Leave Your Comment

Related News