RE
Global College

चाडपर्वको संघारमा काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट

काठमाडौं । यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिको आयोजनामा यामाहाको “ब्लू फेस्ट”, द बिगेस्ट एक्सचेन्ज मेला, काठमाडौंको भृकुटीमण्डपमा औपचारिक रूपमा सुरु भएको छ । मेला  असोज १० गतेसम्म सञ्चालन हुने  छ मेलामा एक्सचेन्ज अफर, फाइनान्सिङ सुविधा र लाइभ इन्टरटेनमेन्टका जस्ता कार्यक्रम समावेश गरिएको छ ।

डिलर प्रतिनिधि, कम्पनीका अधिकारी तथा यामाहा प्रयोगकर्ताको सहभागितामा उद्घाटन गरिएको थियो । मेलामा  प्रदर्शनीमा राखिएका यामाहाका अत्याधुनिक प्रविधियुक्त स्कुटर तथा मोटरसाइकलहरूको विस्तृत रेन्ज अवलोकन गर्न सक्नेछन्।

मेला अवधिभर ग्राहकले आफ्ना पुराना दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गर्न सक्ने सुविधा कम्पनीले ल्याएको छ  मेलामा “चंगा चेट” अभियानअन्तर्गत नयाँ यामाहामा अपग्रेड हुन प्रोत्साहन गर्नुका साथै योग्य एक्सचेन्जमा १० लाख रुपैयाँसम्मको क्यासब्याक अफर पनि उपलब्ध रेहको कम्पनीले उल्लेख गरेको छ ।

सवारीसाधन खरिदलाई सहज बनाउन यामाहाले नागरिकताको आधारमा तत्काल फाइनान्सिङ सुविधा उपलब्ध गराएको छ। साथै, ४० महिनासम्मको कम ईएमआई योजनाको सुविधा पनि रहेको

उद्घाटन कार्यक्रममा एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भने, “ब्लू फेस्टको प्रत्येक संस्करणले नेपाली राइडरहरूका लागि एक्सचेन्ज र अपग्रेड किन महत्वपूर्ण हुन्छ भन्ने कुरा सम्झाउने गर्दछ। यो वर्ष “द बिगेस्ट एक्सचेन्ज मेला” मार्फत हामीले सवारीसाधनको मूल्यांकनदेखि फाइनान्सिङ र नयाँ यामाहा लिएर घर फर्किने क्षणसम्मको सम्पूर्ण प्रक्रियालाई सकेसम्म सहज र लाभदायक बनाउन चाहेका छौं।”

खरिदको अनुभवसँगै मेलामा आगन्तुकका लागि टेस्ट राइडमा पुरस्कार जित्ने अवसर, राइडर, क्रिएटर तथा सेलिब्रेटीसँग मीट-एण्ड-ग्रीट सेसन प्रस्तुति पनि राखिएको छ। ६ दिनसम्म सञ्चालन हुने मेलामा विभिन्न डुअर प्राइज र निःशुल्क एसेसरिज पनि उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ ।

Leave Your Comment

Related News