RE
Global College

सेयर बजारको पूँजीगत लाभकर घट्यको राजपत्रमा प्रकासित

काठमाडौं । नेपाल सरकारले सेयर बजार (धितोपत्र विनिमय बजार) मा लाग्दै आएको पूँजीगत लाभकरको दर घटाएको छ। अर्थ मन्त्रालयको सूचना अनुसार मन्त्रिपरिषद्ले आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी आयकर ऐन, २०५८ बमोजिम धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरूको सेयर बिक्रीबाट हुने लाभमा नयाँ करको दर कायम गरेको हो। राजपत्रमा प्रकाशित नयाँ व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको स्वामित्व ३६५ दिनभन्दा बढी अवधि राखेर बिक्री गर्दा प्राप्त हुने लाभ रकममा अब ३.७५ प्रतिशत मात्रै पूँजीगत लाभकर लाग्नेछ। त्यस्तै, ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा राखेर बिक्री गर्ने प्राकृतिक व्यक्ति लगानीकर्ताका हकमा भने ५ प्रतिशत पूँजीगत लाभकर कायम गरिएको छ। सरकारको यो निर्णयले पूँजी बजारमा अल्पकालीन कारोबारभन्दा दीर्घकालीन लगानीलाई प्रोत्साहन पुग्ने र समग्र सेयर बजारमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ

NECO

Leave Your Comment

Related News