RE
Global College

नेप्से आजदेखि पुनः सञ्चालनमा आउने

काठमाडौं । डाटा सेन्टरमा देखिएको प्राविधिक अवरोध हटेलगत्तै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज  मंगलबार देखि सेयर कारोबार पुनः सञ्चालन हुने भएको छ।

नेप्सेका ७२ वटा कारोबार सदस्य ब्रोकर कम्पनीहरूको सर्भर राखिएको ‘डाटा हब प्रा.लि.’ मा असोज ४ गते बिहानदेखि आएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएपछि नेप्सेले आज असोज ६ गतेदेखि नियमित कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो।

यसअघि, डाटा सेन्टरको प्राविधिक गडबडीका कारण ब्रोकर सर्भर डाउन भएपछि नेप्सेको प्रणालीमा क्षति पुग्न सक्ने जोखिमलाई ध्यानमा राख्दै असोज ५ गते सोमबार को नियमित कारोबार सत्र पूर्ण रूपमा स्थगित गरिएको थियो।

समस्या समाधान भई प्रणाली पुनः सुचारु भएकाले आज देखि नियमित समयमै धितोपत्रको खरिद-बिक्री कारोबार अगाडि बढ्ने नेप्सेले जनाएको छ।

NECO

Leave Your Comment

Related News