काठमाडौं । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीबाट रु १०० अंकित दरका १५,००,००० कित्ता हुन आउने रु. १५,००,००,००० बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने निर्णय गरेको छ ।
उक्त शेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । यससम्बन्धी सम्झौता पत्रमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष लाल प्रसाद सावा लिम्बुले हस्ताक्षर गरेका छन् ।



