काठमाडौं । मिड सोलु हाइड्रोपावर लाभांश घोषणा गरेको छ । कम्पनीले असोज ५ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ०.७८९प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीको चुक्ता पुँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँ रहेको छ । सो पुँजीको १५ प्रतिशत बराबर १२ करोड ९० लाख ९९ हजार रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ । यसबापत ६७ लाख ९४ हजार ६८४ रुपैयाँ नगद लाभांश वितरण हुनेछ ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूमा वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।



