RE
Global College

उपत्यकामा अध्ययनरत दलित र लोपोन्मुख विद्यार्थीलाई ३०० विद्युतीय चुलो दिइने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले काठमाडौँ उपत्यकामा घर भाडामा लिई स्नातक वा स्नातकोत्तर तहमा अध्ययनरत लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका ३०० जना विद्यार्थीहरूलाई विद्युतीय चुलो (इन्डक्सन) वितरण गर्ने भएको छ।

एलपी ग्यासको समस्यामा राहत पुर्‍याउन र स्वदेशी स्वच्छ ऊर्जाको खपत बढाउन जारी गरिएको सूचना अनुसार उपत्यकाबाहिरबाट आई अध्ययनरत इच्छुक विद्यार्थीले असोज ८ गते दिउँसो २  बजेभित्र केन्द्रको अनलाइन पोर्टल ([https://mis.aepc.gov.np:1415/](https://mis.aepc.gov.np:1415/)) मार्फत नागरिकता, विद्यार्थी परिचयपत्र, शिक्षण संस्थाको सिफारिस र वर्ग खुल्ने प्रमाणसहित आवेदन दिनुपर्नेछ। सामुदायिक वा सरकारी शिक्षण संस्थामा अध्ययनरत र स्थानीय तह वा सम्बन्धित निकायबाट विपन्नताको सिफारिस पेश गर्ने विद्यार्थीलाई छनोटमा प्राथमिकता दिइनेछ भने यसअघि नै केन्द्रबाट चुलो प्राप्त गरिसकेका विद्यार्थीहरूको हकमा भने आवेदन स्वतः खारेज हुनेछ।

NECO

Leave Your Comment

Related News