RE
Global College

सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने श्रमिकको पेशागत सुरक्षा र सम्मानको माग

काठमाडौं । असोज ५ गते काठमाडौंको त्रिपुरेश्वरमा बा ५ ख ४२७४ नम्बरको यात्रुवाहक बसका चालक अर्जुन दोङले आत्मदाह प्रयास गरी ज्यान गुमाएको घटनाप्रति यातायात व्यवसायी तथा मजदुर संघसंस्थाहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। मंगलबार उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरी क्षतिपूर्ति दिन माग गरेका छन् ।

त्यस्तै उनीहरुले विज्ञप्तिमार्फत् सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने श्रमिकको पेशागत सुरक्षा र सम्मानको समेत माग गरेका छन् ।

‘मुलपानीबाट यात्रु लिएर थानकोट भञ्ज्याङतर्फ जाँदै गरेको बस त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि पुगेका बेला बसको आफ्नै साइडमा रहेको मोटरसाइकलका कारण आवागमनमा अवरोध भएपछि चालक लामाले हर्न बजाएका थिए । हर्न बजाएको विषयमा ट्राफिक प्रहरीले बस रोकी कागजात मागेको तथा कारबाही गर्न खोजेको बुझिएको छ । चालकले आफूबाट गल्ती नभएको र सडकको अवस्थाबारे बताएको बुझिएको छ । घटनास्थलमा थप ट्राफिक प्रहरी पुगेपछि बस राहदानी विभाग अघि यात्रुहरुलाई ओरालेर करिव २ घण्टासम्म बसलाई नियन्त्रण गरेर चालकलाई ह्यारेस गरेको देखिएको छ । त्यसपछि चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखाना लान खोजिए पछि चालकले प्रतिवाद गरेको खुलेको छ ,  ’ विज्ञप्तिमा भनिएको छ ।
घटनापछि ट्राफिक प्रहरी कार्यालयबाट सवारीधनीलाई फोन सम्पर्क मार्फत चालकलाई बग्गीखाना पठाइदिनु भनेपछि सवारीधनीले चालकसंग सम्पर्क गरेका थिए । सवारीधनीसंग चालक लामाले बरू म मर्न तयार छु तर, बग्गीखाना जान्न, मेरो गल्ती छैन, मेरो गल्ती प्रमाणीत गर्नुस् म झुक्दिन’ भनेका थिए, चालकले ट्राफिक प्रहरीबाट मानसिक दबाब तथा हैरानी भोगेको भनेपछि सवारीधनीले चालकले भने विषय ट्राफिक प्रहरी कार्यालयका अधिकारी र कार्यालयको नम्बरमा समेत हुनसक्ने सम्भावित दुर्घटनाका बारे जानकारी गराइएको उनीहरुले जारी गरेको  विज्ञप्तिमा भनिएको छ ।   तर त्यसको केही समयपछि बसको ढोका बन्द गरी चालकले आफ्नै शरीरमा आगो लगाएको तथा बससमेत जलेको दुःखद् घटनाले हामीलाई दुखीत बनाएको छ गम्भिर विषय ट्राफिक प्रहरीले बिहान १० बजेदेखि १२ बजेसम्म नियन्त्रणमा लिएकै अवस्थामा चालकले आत्मदाह गर्नु र सवारीसाधनमा आगजनी हुनुले राज्य गम्भिर नभएको हामीले अनुभूत गरेकाछौं ।
चालक लामालाई आत्मदाहसम्म पुग्ने अवस्था कसरी सिर्जना भयो भन्ने विषय तथ्य पत्ता लगाउँदै घटनामा संलग्न दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्दछ उनीहरुले जारी गरेको  विज्ञप्तिमा भनिएको छ ।

ट्राफिक नियम उल्लंघनको विषय कानुनी कारबाहीको विषय हो । तर कानुनी कारबाही र श्रमिकमालाई मर्न बाध्य पार्नेसम्मका दुर्व्यवहार एउटै विषय होइन । यो घटना चालक र ट्राफिक प्रहरीबीचको सामान्य घटनामा रूपमा मात्रै हेरिनु हुन्न, कानुन कार्यान्वयन गर्ने नियामक निकायहरूको कार्यशैली, व्यवहार र वर्षोदेखिको सडकको शासन शैलीलाई बुझ्ने र सुधार गर्ने गम्भिर विषयका रूपमा बुझनु पर्दछ । सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने श्रमिकको पेशागत सुरक्षा, सम्मान र नियामक निकायको कार्यशैलीबारे समेत कानुनी रूपमै सुधारको अनुभूत हुनु पर्छ उनीहरुले जारी गरेको  विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै उनीहरुले  २०८३ असोज ५ गते काठमाडौँको त्रिपुरेश्वरमा बा. ५ ख ४२७४ नम्बरको यात्रुवाहक बसका चालक दावा लामाले आत्मदाह गरी ज्यान गुमाएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक चालक लामाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त  गरेका छन् ।

यातायात व्यवसायी तथा मजदुरद्धारा जायज मागहरु

१. राहत तथा क्षतिपुर्ति उपलब्ध गराइयोस् ।

मृतक चालकको परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति तथा परिवारको पुनःस्थापनाको व्यवस्था गरियोस् । साथै पूर्ण रूपमा जलेको सवारीका धनीलाई क्षतिपुर्तिको व्यवस्था गरियोस् ।
२. सरोकारवालाहरु सहितको न्यायीक छानबिन समिति गठन गरियोस् ।

चालक र ट्राफिक प्रहरीबीच विवाद सुरू भएदेखि घटनासम्मको सम्पूर्ण घटनाक्रमको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको भनाइ, फोन सम्पर्क तथा सम्बन्धित प्रहरी अधिकारीको विवरणका आधारमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न सरोकारवालाहरू सहितको न्यायीक छानबिन समिति गठन गरियोस् ।
३. यातायात श्रमिकलाई श्रम   ऐन, सामाजिक सुरक्षामा ऐन लागु गरियोस् ।
सबै यातायात श्रमिकहरूलाई श्रम ऐन २०७४ अनुसारको रोजगार सम्झौता कायम गरेर मात्रै काममा लगाइयोस् साथै सामाजिक सुरक्षामा सूचिकरण गर्ने व्यवस्था कानुनी रूपमै अनिवार्य गरियोस् ।
४. ट्राफिक प्रहरीका काम बिरुद्ध उजुरी गर्ने र सुनुवाई गर्ने न्यायीक संरचना स्थापना गरियोस् ।
यातायात मजदुर तथा अन्य सडक प्रयोगकर्ताहरूलाई ट्राफिक प्रहरीबाट हुने दुर्व्यवहार, अनावश्यक हैरानी तथा कानुनी र प्रक्रियागत झमेला बारे तत्काल उजुरी गर्न सक्ने २४ घण्टे हेल्पलाइन तथा उजुरी सुनुवाइ प्रणाली स्थापनाका लागि तत्काल पुनरावेदन गर्नसक्ने संयन्त्रको व्यवस्था गरियोस् ।
५. सडकमा ट्राफिक प्रहरीको व्यवहार र कार्यशैलीमाथि पनि छानबिन गरियोस् ।
चेकजाँच, कारबाही र चालकसँग गरिएको व्यवहार निर्धारित कानुनी प्रक्रिया तथा आचारसंहिताअनुसार भए/नभएको निष्पक्ष रूपमा छानबिन गरियोस् ।
६. ट्राफिक प्रहरीको कामलाई प्रविधिमैत्री बनाउदै, अनुगमन तथा नियमन गर्ने ब्यवस्था गरियोस् ।
ट्राफिक प्रहरीको कामलाई प्रविधिमैत्री र जनमुखी बनाउँदै, ट्राफिक प्रहरीको कार्यसम्पादन, चेकजाँच, कारबाही तथा यातायात सडकमा गरिने व्यवहारको नियमित अनुगमन गर्न सरोकारवालाहरू सहितको संयन्त्रको निर्माण गरियोस् । ६. चेकजांच र कारबाहीको अधिकार प्रत्यायोजनलाई पुनर्व्यवस्थित गरियोस् ।
सडक तथा सवारी सम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार ट्राफिक प्रहरीलाई दिइएको अधिकारले सडकमा ट्राफिक प्रहरीलाई बढी सर्वाधिकारसम्पन्न बनाइएकाले त्यसलाई कानुनमा भएको अधिकारलाई प्रयोग गर्ने विषयमा पुनर्व्यवस्थित गरियोस्।
८. यातायात श्रमिकको कार्यस्थल सुरक्षा र मानसिक सुरक्षालाई यातायात सुरक्षाकै विषय बनाइयोस्।
यात्रु र सवारीसाधनको सुरक्षासँगै चालक तथा अन्य यातायात श्रमिकको जीवन, सम्मान र मानसिक सुरक्षालाई पनि राज्यको यातायात सुरक्षा नीतिमा समेटियोस् ।
९. सडक तथा पूर्वाधारको ब्यवस्था गरियोस् ।
उपत्यकाका प्रमुख सहरहरू लगायत देशैभरीका सडकहरूमा आवश्यक बसबिसौनी, यात्रु चढ्ने, ओर्लने स्थान, शौचालय, भोजनालय र विश्रामस्थल तथा सडक पूर्वाधारलाई व्यवस्थित, सुरक्षित र श्रमिकमैत्री बनाइयोस् ।
अन्त्यमा, हाम्रा साझा माग पुरा नभएसम्म आन्दोलनलाई जारी राख्न छ वटै महासंघहरू तथा संघ, संगठनका अध्यक्षहरू रहेको संयुक्त संघर्ष समिति गठन गरिएको समेत अवगत गराउदछौं ।
हाम्रा माग तत्काल सम्बोधन नभएमा हामी शान्तिपूर्ण, लोकतान्त्रिक तथा कानुनसम्मत रुपमा संयुक्त संघर्षका थप कार्यक्रम घोषणा गर्न बाध्य हुने जानकारी गराउँदछौं ।

व्यवसायी नेपाल महासंघ, संगठन नेपाल, नेपाल यातायात मजदुर संघ,यातायात मजदुर संघ

Leave Your Comment

Related News