RE
Global College

अमेरिकाद्वारा नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोगको घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका क्रममा न्यूयोर्कमा भएको भेटवार्तामा अमेरिकी राजनीतिक मामिला हेर्ने उपविदेश मन्त्री एलिसन हुकरले नेपालका परराष्ट्र मन्त्री शिशिर खनाललाई बाढीपछिको राहत, पुनर्स्थापना र पुनर्लाभका लागि थप ३ करोड १० लाख अमेरिकी डलर (करिब साढे ४ अर्ब रुपैयाँ) उपलब्ध गराउने घोषणा गरेका छन।

भेटका क्रममा उपविदेश मन्त्री हुकरले प्राकृतिक विपद्‌बाट प्रभावित सम्पूर्ण नेपालीका साथै बेपत्ता रहेका करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति हार्दिक सहानुभूति प्रकट गरेका छन्। घोषित सहयोग रकममध्ये १ करोड डलर अमेरिकी कम्पनीबाट खरिद गरिने स्थायी पुलहरूका लागि प्रयोग हुनेछ, जसले बाढी प्रभावित क्षेत्रमा यातायात र क्षेत्रीय कनेक्टिभिटीलाई पुनः सुदृढ बनाउन मद्दत गर्नेछ।

यसैगरी, प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ, आश्रय, सुरक्षा, जीविकोपार्जन र शीतकालीन सहयोगका लागि ८० लाख डलर तथा भावी विपद् व्यवस्थापन र पुनर्स्थापनालाई प्रविधिमैत्री बनाउन अमेरिका निर्मित ड्रोनहरूका लागि १ करोड ३० लाख डलर विनियोजन गरिनेछ। यस नयाँ घोषणासँगै नेपालको बाढी प्रतिकार्यका लागि अमेरिकाको कुल सहयोग ३ करोड ६० लाख डलर (करिब साढे ५ अर्ब रुपैयाँ) नाघेको छ र सर्वाधिक आवश्यकता भएका क्षेत्रमा सहयोग पुर्‍याउन अमेरिकाले नेपाल सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

Leave Your Comment

Related News