RE
Global College

भोटेकोशी बाढी प्रभावितका लागि राष्ट्रिय व्यवसायिक पहलले गर्यो सहयोग

काठमाडौं ।राष्ट्रिय व्यवसायिक पहलले Schneider Electric को सहयोगमा रसुवा बाट प्रभावित समुदायका लागि प्राप्त १,००० थान सौर्य लालटिन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । उक्त राहत सामग्री सामाखुशीस्थित राहत संकलन केन्द्रमा हस्तान्तरण गरिएको हो ।

करिब ४३ लाख रूपैयाँ बराबरको Mobiya Original सौर्य लालटिन अझै पनि विद्युतीय पहुँचबाट टाढा रहेका बाढी प्रभावित परिवारको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले सहयोग गरिएको हो ।

NBI ले विपद् प्रभावित समुदायलाई समयमै सहयोग पुऱ्याउन निजी क्षेत्र, सरकार तथा अन्य सरोकारवालासँग सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।

राहत सामग्रीलाई राष्ट्रिय व्यवसायकि पहल तथा  Schenider Electric का प्रतिनिधिको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

Leave Your Comment

Related News