RE
Global College

कुमारी बैंकको करिब साढे ३२ हजार कित्ता संस्थापक सेयर किक्रीमा

काठमाडौं । कुमारी बैंकले ३२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कुमारी बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ३२ हजार ४९७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम बिक्री गर्न प्रस्ताव गरिएको संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुको रहने भएकोले उक्त सेयर खरिद गर्न संस्थापक सेयरधनीहरुलाई आवेदन माग गर्दा संस्थापक सेयरधनीबाट आवेदन नपरेकाले आम लगानीकर्ताले किन्न पाउने गरि उक्त सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक जोकोहीले ३५ दिन मित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१, नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं– २, टंगालमा आइपुग्ने गरी आवेदन दिन बैंकले आग्रह गरेको छ । उक्त सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।

NECO

Leave Your Comment

Related News