काठमाडौं । नासा सेक्यूरिटीज कम्पनी लिमिटेडले वार्षिक साधारणसधा आह्वान गरेको छ । कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठले असोज ३० गतेका लागि १९ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय लालकोलोनी मार्ग काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुने छ । सभामा सामान्य प्रस्तावका रुपमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८३ असार मसान्तको वासलात र सोही मितिमा समाप्त आ.व. २०८२/८३ को नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायतका वित्तिय विवरणहरू उपर छलफल गरी पारित गर्ने, आ.व. २०८३/८४ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र नयाँ संचालक समिति गठन गर्ने सम्बन्धी प्रस्तावहरु माथि छलफल गरि पारित गर्ने छ ।
त्यस्तै विशेष प्रस्तावहरुमा संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुन आउने रकम बराबरको हकप्रद सेयर जारी गर्न प्रस्तावलाई स्वीकृति प्रदान गर्ने । त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ख) बमोजिम कम्पनीको व्यवसाय संचालनको लागि कर्जा प्राप्त गर्ने र सोसँग सम्बन्धित अख्तियारी सम्बन्धी प्रस्ताव पारित गर्ने छ ।



