काठमाडौं । तीन म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज आरबिबि म्युचुअल फण्ड १ र २ तथा ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
आरबिबि म्युचुअल फण्ड १ र २ तथा ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ ले असोज १२ गते बुकक्लोज गर्दैछन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनी तथा इकाईधनीहरुले यी योजनाहरुको लाभांश प्राप्त गर्न सक्नेछन् । आरबिबि म्युचुअल फण्ड १ ले करसहित २.७५ प्रतिशत र आरबिबि म्युचुअल फण्ड २ ले करसहित ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ ।
ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ ले आफ्ना इकाईधनीहरुलाई १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ ।



