काठमाडौं । नेपाल राष्ट्र बैंकले १ हजारको नयाँ नोट बिहीबारदेखि प्रचलनमा ल्याएको छ । बिहीबार देखि प्रचलनमा ल्याएको १ हजार दरको नयाँ नोट अब बजारमा देख्न सकिन्छ ।
नोटको मध्य खण्डमा “श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैया भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैया १००० रुपैया एक हजार तुरुन्त पाइने छ।” भन्ने प्रतिज्ञामूलक वाक्यांश उल्लेख भएको । नोटको बायातर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको र सोको मुनि “1000” अति पानीछाप समेत राखिएको छ ।
त्यसैगरी नोटको दायाँतर्फ निलो रङ्गमा “1000” को केही अंश देखिने See Through Register रहेको, जसलाई प्रकाशतर्फ पारेर हेर्दा अंक “1000” पूर्ण रुपमा देखिने छ ।
त्यसैगरी नोटमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत गरेका छन् ।१ हजारको नयाँ नोटमा नोटको तल्लो खण्डमा सिरिज नम्बर “वि.सं. २०६२” लेखिएको छ। नोटको मध्य खण्डमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा नेपाल सरकारको स्वामित्वमा रहेका नेपाली हात्तीहरूमध्ये देवकली भनी चिनिने हात्तीबाट जन्म भएका दुर्लभ मानिने राम र लक्ष्मण भनी चिनिने जुम्ल्याहा दुईवटा हात्तीहरूको चित्र रहेको र सोको माथि -NEPAL RASTRA BANK लेखिएको छ ।
राष्ट्र बैंकका अनुसार नोटको बायातर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको र सोको मुनि “1000” अति पानीछाप समेत रहेको छ। नोटको दायाँतर्फ निलो रङ्गमा “1000” को केही अंश देखिने See Through Register रहेको, जसलाई प्रकाशतर्फ पारेर हेर्दा अंक “1000” पूर्ण रुपमा देखिने ।
दृष्टिविहीन व्यक्तिले समेत प्रयोग गर्न सकिने गरी राष्ट्र बैंकले नयाँ नोटको दायाँतर्फको तल्लो भागमा दृष्टिविहीन व्यक्तिले स्पर्श गरी पहिचान गर्न सहजताका लागि एक हजार अंक जनाउने रोमन अक्षर “M” का साथै सगरमाथा हिमालको बायांतर्फ र पानीछापको दायाँतर्फ १०/१० वटा तेसा रेखाहरू (Angular Lines ) राखेको जनाएको छ । त्यसैगरी सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र रहेको छ। र नोटमा ३.५ मि.मी. चौडाइ भएको, सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने चलायमान विशेषता (Movement / Dynamic Effect) भएको सुरक्षण धागोमा “NRB” र “1000” अंकित गरिएको राष्ट्र बैंकले जनाएको छ । नोटको तल्लो खण्डमा सिरिज नम्बर “वि.सं. २०६२” लेखिएको गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार नोटको पृष्ठ भागमा नोटको मध्य खण्डमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा नेपाल सरकारको स्वामित्वमा रहेका नेपाली हात्तीहरूमध्ये देवकली भनी चिनिने हात्तीबाट जन्म भएका दुर्लभ मानिने राम र लक्ष्मण भनी चिनिने जुम्ल्याहा दुईवटा हात्तीहरूको चित्र रहेको र सोको माथि -NEPAL RASTRA BANK लेखिएको छ । नोटको बायाँतर्फ निलो रङ्गमा “1000” को केही अंश देखिने See Through Register रहेको, जसलाई प्रकाशतर्फ पारेर हेर्दा “1000” पूर्ण रुपमा देखिने राष्ट्र बैंकले जनाएको छ ।
नोटको बायाँतर्फ रहेको पानीछापको दायाँतर्फ नेपालको सातवटा प्रदेशहरू जनाउने गरी सातवटा लालीगुराँसको चित्र प्रयोग गरिएको छ। नोटको दायांतर्फ RUPEES ONE THOUSAND लेखिएको र हनुमान ढोकास्थित ल्हाँचोकमा अवस्थित ऐतिहासिक महत्व बोकेको थाम (Pillar) को आकृति रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार नोटको तल्लो भागको बोर्डरमा सिरिज नम्बर 2025 A.D. लेखिएको छ ।
त्यसैगरी यस अघि मिति २०७७ साल साउन ७ गतेदेखि रुपैया १००० दर (सिरिज २०१९) को बैंकनोट सङ्केत नं. ६८०००००१ देखि सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा सङ्केत नं. ६८०००००१ देखि ११ ४४०००० सम्म मात्र चलनचल्तीमा ल्याइएको हुंदा रुपैया १००० दरको (सिरिज २०२५) को बैंकनोट सङ्केत नं. ९२०००००१ बाट प्रारम्भ गरिएको व्यहोरा सूचित जनाएको छ ।



