RE
Global College

११.७७ अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । विहीबार नेप्से परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५६ वटा कम्पनीको १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ५ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम ९१ करोड रुपैयाँले घटेको हो। बुधबार कारोबार रकम ६ अर्ब ३५ करोड रुपैयाँ थियो।

यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक घटेको छ।

यस दिन ११ उप समूह बढेका छन् । एउता उप समूह घटेको छ । बैंकिङ ०.४६ प्रतिशत, विकास बैंक ०.०१, वित्त ०.१०, होटल्स तथा पर्यटन समूह ०.१३, जलविद्युत ०.१६, लगानी ०.०८, जीवन बीमा ०.७०, उत्पादन र प्रशोधन १.८३, लघुवित्त ०.६१, म्युअुचल फण्ड ०.४२, अन्य समूह ०.०४ र व्यापार समूह ०.९७ प्रतिशतले बढेका छन्। निर्जीवन बीमा ०.३३ प्रतिशत बढेको छ ।

एस दिन नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ।नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

Leave Your Comment

Related News