RE
Global College

धितोपत्र बोर्डद्धारा सेयर बजारमा ‘अन्तरदिवसीय कारोबार’ को तयारी, अवधारणापत्र सार्वजनिक गर्दै माग्यो सुझाव

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले सेयर बजारमा ‘अन्तरदिवसीय कारोबार’को तयारी गरेको छ । बोर्डले सेयर बजारमा अन्तरदिवसीय कारोबार गर्ने उद्देश्यले अवधारण पत्र तयार गरी सार्वजनिक गरेको छ । साथै सुझाव समेत माग गरेको छ ।

बिहीबार बोर्डले अवधारण पत्र सार्वजनिक गर्दै लगानीकर्ता संरक्षणलाई पहिलो प्राथमिकतामा राख्दै जोखिममा आधारित नियमन, चरणबद्ध कार्यान्वयन, प्रविधिमा आधारित वास्तविक समयको कारोबार तथा अनुगमन र पारदर्शी बजार सञ्चालनलाई मुख्य आधार बनाएको जनाएको छ। प्रारम्भमा नियमित रूपमा कारोबार हुने, पर्याप्त तरलता भएका र बजार दुरुपयोगको जोखिम तुलनात्मक रूपमा कम भएका सीमित धितोपत्रलाई मात्रै अन्तरदिवसीय कारोबारका लागि योग्य बनाउन सकिने भएता पनि परीक्षण चरणमा प्राप्त अनुभव र जोखिमको मूल्याङ्कनपछि कारोबारको दायरा विस्तार गर्ने प्रस्ताव गरेको छ ।

सार्वजनिक गरिएको अवधारणपत्र अनुरुप अवधारणापत्रमा नेपालको वर्तमान बजार संरचना, संस्थागत क्षमता तथा जोखिम व्यवस्थापनको अवस्थालर्इ दृष्टिगत गरी अन्तरदिवसीय कारोबारलार्इ चरणबद्ध रुपमा कार्यान्वयन गर्ने अबधारणा प्रस्ताव गरिएको छ। प्रारम्भिक चरणमा ‘Buy First, Sell Later‘ प्रकृतिको कारोबारबाट शुरु गर्ने र Securities Lending and Borrowing तथा Covered Short Selling को पूर्वाधार पर्याप्त रुपमा विकास भएपछि मात्र ‘Sell First, Buy Later‘ प्रकृतिको कारोबारलार्इ कार्यान्वयनमा ल्याउने प्रस्ताव गरिएको छ।

अन्तरदिवसीय कारोबारलार्इ तत्काल पूर्ण रुपमा सञ्चालनमा ल्याउनेभन्दा पहिले आवश्यक कानूनी तथा नियामकीय व्यवस्था, योग्य धितोपत्रको मापदण्ड, योग्य लगानीकर्ता व्यवस्था, Broker SOP, risk disclosure, margin/RMS, surveillance तथा प्रविधिगत पूर्वाधार तयार गर्ने र त्यसपछि testing, pilot तथा readiness assessment मार्फत् चरणबद्ध रुपमा कार्यान्वयन गर्ने अबधारणा प्रस्तुत गरिएको छ।

अन्तरदिवसीय कारोबारसम्बन्धी विषयमा बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि. र स्टक ब्रोकर एशोसियशन अफ नेपालका प्रतिनिधि सम्मिलित धितोपत्रको दोश्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न गठित समितिमा छलफल भर्इ समितिले आवश्यक अध्ययनसहित अवधारणापत्र तयार गरेको हो।

‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार (Intraday Trading) कार्यान्वयन सम्बन्धी अवधारणापत्र, २०८३’र यसको कार्यकारी सारांश सहित लगानीकर्ताले सुझाव दिन सकिने विषयहरु समेटिएको विवरण तल दिइएको लिङ्कमा क्लिक गरी हेर्न सकिने बोर्डले जनाएको छ ।

अर्थ मन्त्रालयबाट भदौ २९ मा   जारी गरिएको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३‘ तथा बोर्डको यस आर्थिक वर्षको नीतिमा उल्लिखित मार्जिन ऋण कारोवार तथा अन्तरदिवसीय कारोवारलार्इ प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले बोर्डले मार्जिन ऋण कारोवार सम्बन्धी नियमावलीको मस्यौदा तयार गरी सरोकारवालाबाट प्राप्त सुझाव समेत समेटि उक्त नियमावलीलार्इ अन्तिम रुप दिने कार्य भइरहेको सबैलार्इ जानकारी गराउँदै अन्तरदिवसीय कारोवारको कार्यान्वयन सम्बन्धमा आवश्यक नीतिगत तथा कानूनी व्यवस्था गर्न आवश्यक तयारी स्वरुप ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार (Intraday Trading) कार्यान्वयन सम्बन्धी अवधारणापत्र, २०८३‘ तयार गरी सार्वजनिक परामर्शका माध्यमबाट सम्बन्धित सरोकारवालाको राय, सुझाव तथा सुधारका क्षेत्र पहिचान गर्न सार्वजनिक गरेको बोर्डले जनाएको छ ।

Leave Your Comment

Related News