काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाको साधारण बहस लाई सम्बोधन गर्ने भएको छ। अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी महासभालाई उनले न्युयोर्क समय अनुसार २४ सेप्टेम्बर २०२६ को साँझ सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
नेपाली समय अनुसार भोलि (२५ सेप्टेम्बर २०२६ / असोज ९ गते) बिहान ५:४५ बजे प्रधानमन्त्री शाहको सम्बोधन हुने तालिका छ। यद्यपि, वक्ताहरूको क्रमका आधारमा समयमा केही सामान्य फेरबदल हुन सक्ने जनाइएको छ।
प्रधानमन्त्रीको यो सम्बोधनलाई संयुक्त राष्ट्रसङ्घको आधिकारिक वेबटिभी (https://webtv.un.org/en) मार्फत प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालको परराष्ट्र नीति, जलवायु परिवर्तनको असर, दीगो विकासका लक्ष्य तथा विश्वव्यापी चासोका विषयहरूमा नेपालको धारणा राख्नुहुने अपेक्षा गरिएको छ।




