काठमाडौं । नेपाल डिपि लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले असोज ३० गतेका लागि ११ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, भाटभटेनी, नक्सालमा दिउसो साढे ३ बजेदेखि सुरु हुने छ । सभाले अध्यक्षको मन्तव्य तथा संचालक समितिको ११ औँ वार्षिक प्रतिवेदन पारित गर्ने छ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गर्ने र कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८३/८४ को लागि लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।



