RE
Global College

निरन्तर वर्षाका कारण पहिरो: नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द

काठमाडौं ।  असोज ८ गतेदेखि चितवन र आसपासका क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा लगातार पहिरो गइरहेकाले उक्त सडकमा सवारी आवागमन बन्द गरिएको छ।

सडकमा खसेको पहिरो पन्छाउने कार्य जारी रहे पनि निरन्तरको वर्षा र पहिरो खस्ने क्रम नरोकिएकाले अर्को सूचना जारी नभएसम्मका लागि सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माद्वारा आज (असोज ९ गते, शुक्रबार) बिहान ७:१५ बजे जारी सूचना अनुसार, यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै सडक बन्द राखिएको हो। प्रशासनले अर्को व्यवस्था नभएसम्मका लागि सो सडक खण्ड भई यात्रा नगर्न र वैकल्पिक मार्गको प्रयोग गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ।

Leave Your Comment

Related News