काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पुन: सवारी आवागमन बन्द भएको छ।
अविरल वर्षा र पहिरोको जोखिमका कारण पोखरातर्फ जाने सवारी साधनका लागि मात्र आंशिक रूपमा खुला गरिएको उक्त सडक खण्ड सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको हो।
सडक प्रशासन तथा सुरक्षा निकायका अनुसार असोज ९ गते मध्यान्ह १:२० बजेदेखि लागू हुने गरी सवारी सञ्चालनमा पुनः रोक लगाइएको छ। लगातारको वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै यात्रुहरूको सुरक्षाका लागि यो निर्णय लिइएको जनाइएको छ। सडक खुलाउने प्रयास जारी रहे पनि जोखिम कायम रहेकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा गर्नुअघि सडकको अवस्थाबारे अपडेट लिन आग्रह गरिएको छ।



