RE
Global College

कृष्णभीरमा पहिरो पन्छाएसँगै पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं । धादिङको कृष्णभीरमा पहिरो खसेपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। शनिबार दिउँसो साढे १२ बजेदेखि राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय , धादिङले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पहिरोको कारण राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ भने दुईतर्फी सञ्चालनमा ल्याउन कठिन रहेको छ । थप पहिरो नखसेमा सडक नियमित रुपमा सञ्चालन गर्ने तयारी रहेको छ ।

बिहीबार राति ढुंगासहितको पहिरो खसेपछि कृष्णभीरमा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। पहिरोको जोखिमका कारण रातभर राजमार्ग बन्द गरिएको थियो।

गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा सडक भासिएपछि डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिएको थियो। सोही अस्थायी डाइभर्सनमा पहिरो खसेपछि पुनः सडक अवरुद्ध भएको हो।
गत बिहीबार देखि परेको पानीका कारण सो स्थानमा पहिरो जाँदा राजमार्ग अवरुद्ध हुन पुगेको थियो ।

 

Leave Your Comment

Related News