काठमाडौं । निरन्तरको वर्षा पछि काठमाडौं उपत्यकामा घाम लागेको छ । बिहान करिब १२ बजे अघि पानी रोकिए सँगै काठमाडौं उपत्यकामा घाम लाग्न थालेको हो । निरन्तर चार तीन दिनको वर्षा पछि काठमाडौं उपत्यकामा घाम लागेको हो ।
नेपाल मौसम विज्ञान विभागले आइतबार देखि मुलुकका विभिन्न स्थानमा वर्षा कम हुने बताए सँगै काठमाडौं उपत्यकामा भने वर्षा रोकिएको छ । विभागले बागमती प्रदेशको तराई भू(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताउदै हिमाल र पहाडमा वर्षाको सम्भावना नरहेको जनाएको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव विस्तारै कमजोर बन्दै गएसँगै नेपालका विभिन्न स्थानमा वर्षा हट्दै जाने मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।
विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ। विभागका अनुसार देशभर साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा तथा कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै मधेश र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ | लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
आज राती
सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका थोरै स्थान, मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
सबै तस्बिर इक्विटी नेपाल





