RE
Global College

देशका प्रमुख नदीहरुमा जोखिम कति ?

काठमाडौं । असोज ११ गते जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जल विज्ञान तथा बाढी पूर्वानुमान शाखाले देशका मुख्य नदीहरूमा बाढीको स्थिति र जोखिमबारे विशेष सूचना जारी गर्दै नारायणी र कालीगण्डकी नदी क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नारायणी नदी र यसका सम्पूर्ण जलाधार क्षेत्रमा असोज १२ गते दिउँसोसम्म तथा कालीगण्डकी नदीमा असोज १२ गते बिहानसम्म बाढीको उच्च जोखिम कायम रहने अनुमान गरिएको छ। त्यसैगरी कर्णाली र महाकाली नदीमा जलसतह सतर्कता तह नजिक पुगेर सामान्य जोखिमको अवस्थामा रहेको छ भने बागमती, कोशी, कमला, कन्काई, बबई र पश्चिम राप्ती नदीहरूमा हाल बाढीको कुनै जोखिम नरहेको विभागले स्पष्ट पारेको छ।

तटीय एवं होचा क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई नदीको जलसतहमा हुन सक्ने अचानकको वृद्धिप्रति सचेत रहन, आधिकारिक सूचना मात्र अनुसरण गर्न र आफ्नो एवं परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ।

Leave Your Comment

Related News