काठमाडौं । अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा थुप्रिएर तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी पछिल्लो समय सामान्य रुपमा बग्न थालेको छ ।
नदी थुनिएर बनेको तालबाट आंशिक रुपमा पानी बग्न थालेको प्रहरीले जनाएको छ । नासोँ गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार चार दिनको अबिरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्युत्, टेलिफोन र सडक सञ्जाल अवरुद्ध भएको जानकारी दिए ।
उनका अनुसार बाढी आउने क्रम घटेपछि नेपाली सेनाको ब्यारेक, सामुदायिक भवनलगायतका सार्वजनिक भवन र स्थलमा आश्रय लिएका स्थानीयबासी आज विहानै आ-आफ्नो घर तथा गाउँमा भएको क्षतिकाबारे जानकारी लिन थालेका छन् ।
बाढीले लमजुङ र मनाङको सीमा क्षेत्रमा रहेको ताल बजारमा क्षति पुर्याएको छ । उक्त बस्ती प्रमुख जिल्ला अधिकारी खनालले भने, “ मर्स्याङ्दीको नदी तटीय क्षेत्रका बासिन्दालाई अझै सचेत रहन हामी आग्रह गर्दछौँ ।”
निरन्तरको वर्षाका कारण ठाडो खोला र खट्टे खोलाको बाढीले त्यस क्षेत्रमा कटान गरी घर, पुल, सडकमा क्षति पुर्याएको छ । विसं २०७८ जेठ १४ र असार १ गते घट्टेखोला, ठाडो खोला र मर्स्याङ्दीको बाढीले पनि मनाङमा ठूलो भौतिक क्षति पुर्याएको थियो ।





