RE
Global College

दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरिएको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार बिहान प्रसाईंलाई पक्राउ गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ।

केही दिनअघि प्रसाईंले जेनजी शहीद रसिक खतिवडाकी आमा हुन्। शहीदलाई लिएर प्रसाईंले सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोप छ।

सामाजिक सञ्जालमा ‘छोराको लाससँग सांसद पद साटेको’ भनेर टिप्पणी गरेको भन्दै सांसद खतिवडाले प्रतिनिधि सभाको बैठकमै रोएकी थिइन्।

प्रसाईंलगायतले अपमानजनक टिप्पणी गरेको भन्दै उनले साइबर ब्युरोमा उजुरी दिएको जनाइएको छ। उनकै उजुरीका आधारमा अनुसन्धानका लागि प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ।

प्रसाईं पटकपटक पक्राउ पर्दै आएका छन्। यसअघि उनी गत साउन १८ गते सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए।

 

NECO

Leave Your Comment

Related News