RE
Global College

वर्षाको कारण १२ वटा जलविद्युत आयोजनामा क्षति, ३५८ मेगावाट विद्युत आपूर्ति प्रभावित

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले असोज ८ देखि परेको अविरल वर्षाका कारण १२ वटा जलविद्युत गृह तथा आयोजनामा क्षति पुगेको जनाएको छ । सो जलविद्युत गृह तथा अयाोजनामा क्षति पुग्दा ३५८ मेगावाटा विद्युत आपूर्ति समेत प्रभावित बन्न पुगेको जनाएको हो ।

प्राधिकरणले सोमबार पत्रकार सम्मेलन गर्दै वर्षाको कारण कुन क्षेत्रमा कति क्षति भयो भन्ने विवरण सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बाढीका कारण जलविद्युत आयोजना र प्रसारण लाइनमा आंशिक देखि मध्यम  क्षति पुगेको बताए । विभिन्न जिल्लामा रहेका विद्युत गृह र प्रसारण लाइनमा असर पुगेको बताउदै उनले त्यसको पुनः निर्माण तथा सञ्चालन प्रक्रिया समेत अघि बढेको बताए ।

उत्पादन प्रसारण र वितरण संरचनाहरुमा पुगेका क्षतिको अवस्था र भावी योजना
१. उत्पादनतर्फ
प्राधिकरणको सहायक कम्पनीमार्फत प्रवद्र्धन गरिएको राहुघाटको त्बष्चिबअभ न्बतभ र म्गअत मा क्षति पुगेको छ भने टरवाइन फ्लोरमा पानि पसेको हुँदा सफा गरी सञ्चालनमा आउन करिव १० दिन लाग्ने छ भने स्वीच्यार्डको अवस्था सामान्य रहेकोले चार्ज गरिसकिएको छ ।
कुस्मा–दाना प्रसारण लाइनमा क्षति पुगेका कारण विद्युत प्रसारण हुन नसकेका कुल ७ वटा जलविद्युत केन्द्रहरुको कुल क्षमता १९० मेगावाट रहेकोछ ।

राहुघाट सवस्टेशनमा कनेक्सन भएका र बढीका कारण अबरुद्ध भएका प्राधिकरणको सहायक कम्पनी राहुघाट जलविद्युत केन्द्र (४० मेगावाट) बाहेक १२७ मेगावाटको उत्पादन सञ्चालनमा आउनसक्ने अवस्थामा रहेको छ ।
प्रणालीबाट बाहिर रहेका कुल विद्युत आयोजना ८ वटा रहेकोमा तिनको कुल क्षमता २३० मेगावाट रहेको छ ।
सेती÷मादि करिडोरमा बढीका कारण अवरुद्ध रहेका कुल २६२ मेगावाटका जलविद्युत केन्द्रहरु सञ्चालनमा आएका छन् ।
मस्स्याङ्गदी करिडोरमा बढीका कारण अवरुद्ध रहेका कुल १९० मेगावाटका जलविद्युत केन्द्रहरु सञ्चालनमा आएका छन् ।
बढीका कारण अवरुद्ध कालिगण्डकी जलविद्युत केन्द्रको १४४ मेगावाट आज बेलुकासम्म सञ्चालनमा आउनेछ।

२ प्रसारण लाइनतर्फ
कालिगण्डकी करिडोरको २२० के.भी. प्रसारणलाइन अन्तर्तग म्याग्दीको दाना–कुस्मा खण्डको टावर नं २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । उक्त स्थानहरु लगायत अन्य स्थानको निरिक्षण गर्न जान विभिन्न स्थानमा बाटो अवरुद्ध भएको हुँदा विस्तृत विवरण आउन बाँकी रहेको छ ।
अविरल वर्षाका कारण विभिन्न विद्युतीय संरचनामा क्षति पुग्न गएको थियो। बढीका कारण आकस्मिक रुपमा बन्द गरिएका केही उत्पादन केन्द्रहरु सञ्चालन आएका छन् । टावरमा क्षति पुगेका सञ्चालनमा आउन केही समय लाग्ने भए तापनि वितरण प्रणाली सञ्चालनमा वितरण सचालन महाशाखाको समन्वयमा अधिकांश स्थानहरुमा वर्षात रोकिनासाय गएको थियो भने बाँकी क्षेत्रहरुमा पनि लाइन सुचारु गर्न प्राविधिकहरु कार्यक्षेत्रमा खटिइरहेका उत्पादन प्रसाद वितरण सचनाहरुमा पुगेको पुगेको क्षतिको अवस्था र भावी योजना यसप्रकार रहेको

३. वितरण लाइनतर्फ
केही दीनका लागि वर्षाका कारण विद्युत अवरुद्ध भएका क्षेत्रहरुः
म्याग्दी  ,   बाग्लुङ,         तनहुँ       ,      झापुटार सबस्टेशन
मनाङ्ग     ,  मुस्ताङ्ग    ,  रुकुम     , पूर्व प्युठान
ख)  विद्युत सुचारु भएका क्षेत्रहरुः
म्याग्दी  ,   बाग्लुङ    ,तनहुँ ( झापुटार सवस्टेशन) रुकुमपूर्व
(ग) आज अपरान्हसम्म विद्युत सुचारु हुने क्षेत्रहरुः
मुस्ताङ्ग  ,  रोल्पा ,   प्युठान

भोली सम्ममा सुचारु हुने मनाङ्ग

ङ) विद्युत माग सन्तुलन योजना
सुखायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता– १२१८ मेगावाट रहेको छ । माग–आपूर्ति सन्तुलनका लागि ढल्केवर– मुजफ्फरपुर– ६०० मेगावाट, टनकपुर– महेन्द्रनगर–५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट – ३५० मेगावाट, आरटीसी को माध्यमबाट – १५० मेगावाट गरी कुल ११५४ मेगावाट विभिन्न प्रकृयाबाट आयात गरिने योजना रहेको छ । जस अनुसार कुल विद्युत उपलब्धता २३७२ मेगावाट हुने अनुमान गरिएको छ । अघिल्लो वर्षको सुखायामको उच्चतम राष्ट्रिय विद्युत माग २२९२ रहेको थियो ।
च) भाद्र १० गतेको भोटेकोशी र त्रिशुली नदीमा बढीले माथिल्लो त्रिशुली ३ बी २२० के.भी हबमा बुगेको
क्षतिका कारण र विभिन्न जलविद्युत केन्द्रमा पुगेको क्षतिका कारण विद्युत उत्पादन हुन नसकेका कारण कुल ४३० मेगावाट विद्युत प्रणालीबाट बाहिर छन् । यो क्षेत्रमा प्राधिकरण र सहायक कम्पनीहरुको अनुमानित रु.७४ अर्व क्षति पुगेको प्रारम्भिक अनुमान रहेको छ ।

NECO

Leave Your Comment

Related News