RE
Global College

पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर बग्यो

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर पूर्ण रूपमा ढलेको छ । ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित सोबितकुमार थापाको घर सोमबार बिहान ६ः३५ बजे पहिरोले बगाएर खोलामा पुर्‍याएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार पहिरोले घर ढलेपछि उक्त स्थानमा रहेको खोला समेत थुनिएको छ । घटनापछि प्रहरीले जोखिमको अवस्था र क्षतिको विवरण संकलन गरिरहेको छ । पहिरो खस्न भने आइतबारदेखि नै सुरु भएको थियो ।

उक्त घर झापा बुद्धशान्ति– १ स्थायी ठेगाना भएका सोभित थापाको हो । निरन्तरको वर्षापछि सोमबार बिहान ५ : ३२ बजे घर बगेको हो ।
थापाको परिवार भने राति अन्यत्र बास बसेको कारण सबै सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ ।

 

NECO

Leave Your Comment

Related News