RE
Global College

पहिरोले घर पुरिँदा च्यापिएका एकजनाको सकुशल उद्धार

काठमाडौं । नेपाल प्रहरीको टोलीले पर्वतमा सुख्खा पहिरोमा च्यापिएका एक वृद्धको सकुशल उद्धार गरेको छ।

पर्वतको जलजला गाउँपालिका–७, लामाबगरमा मङ्गलबार बिहान करिब ०५:३० बजे माथिबाट खसेको ढुङ्गा–माटोसहितको सुख्खा पहिरोले घर पुरिँदा ६५ वर्षीय आत्माराम आचार्य घरभित्रै च्यापिएका थिए। घटनालगत्तै खटिएको उद्धार टोलीले उनलाई जीवितै उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो।

पहिरोमा परी घाइते भएका आचार्यको दाहिने आँखाको माथिल्लो भाग र टाउकोमा चोट लागेको छ। बोल्न सक्ने अवस्थामा रहेका उनको स्वास्थ्य स्थिति मध्यम रहेको प्रहरीले जनाएको छ। उनलाई थप उपचारका लागि म्याग्दीस्थित प्रदेश अस्पताल बेनी पठाइएको छ।

Leave Your Comment

Related News