काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले ५१ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले सूचना जारी गर्दै ५१ हजार ६२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
नेपाल राष्ट्र बैंकको नीति निर्देशन बमोजिम उक्त सेयरहरू कम्पनीकै हालका संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको छ । सेयर लिन इच्छुक संस्थापक सेयरधनीले ३५ दिन भित्र यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय हरिहरभवन, पुल्चोक, ललितपुरमा आफुले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई निवेदन दिनु पर्नेछ ।
तोकिएको समय भित्र उक्त सेयर खरिदको लागि हाल कायम कुनै पनि संस्थापक सेयरधनीहरूको निवेदन पेश हुन नआएमा प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकको नीति निर्देशन बमोजिम आम सर्वसाधराण लगानीकर्ताहरुका लागि सेयर बिक्री प्रक्रिया अगाडी बढाइने कम्पनीले जनाएको छ ।



