RE
Global College

४.८२ अंकले घट्यो नेप्से, बढ्यो कारोबार रकम

काठमाडौं । बुधबार नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५२ वटा कम्पनीको १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा कारोबार रकम ४१ करोड रुपैयाँले घटेको हो। मंगलबार कारोबार रकम ४ अर्ब ३५ करोड  रुपैयाँ थियो।

यस दिन सेन्सेटिभ इण्डेक्स २.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक घटेको छ।

यस दिन १० उप समूह घटेका छन् । ३ उप समूह बढेको छ । बैंकिङ ०.३८ प्रतिशत, विकास बैंक ०.५०, वित्त ०.३३, होटल्स तथा पर्यटन समूह ०.५४, , लगानी ०.१९, जीवन बीमा ०.३५, उत्पादन र प्रशोधन ०.२४, लघुवित्त ०.०३, निर्जीवन बीमा ०.१६ र अन्य समूह ०.२२ प्रतिशतले घटेका छन्। जलविद्युत ०.०१ प्रतिशत म्युअुचल फण्ड ०.२५ र व्यापार समूह १.१८ प्रतिशत  बढेको छ ।

यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १४.३७ प्रतिशत बढेको छ। त्यस्तै, सयपत्री हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने घलेम्दी हाइड्रोको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन घलेम्दी हाइड्रो पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३९ करोड ४८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन पिपुल्स हाइड्रोपावर कम्पनीको करिब २३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने मञ्जुश्री फाइनान्सको साढे १८ करोड ७२ लाख रुपैयाँभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ

।

Leave Your Comment

Related News