RE
Global College

पोखरा फाइनान्सको संस्थापक सेयर लिलाम बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । पोखरा फाइनान्सले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीको संस्थापक समूहका सेयरधनी मन बहादुर गुरुङले आफ्नो नाममा रहेको १ लाख ६६ हजार ५६.९४ र नारायणबाबु लोहनीले ५७ हजार ५११.१७ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

यसअघि ३५ दिने सूचना जारी गर्दै संस्थाका संस्थापक सेयरधनीहरुलाई बिक्रीमा राखिएको उक्त सेयर तोकिएको समय अवधिभित्र पनि बिक्री नभएपछि कम्पनीले ७ दिने सूचना जारी गर्दै सर्वसाधारणका लागि खुला गरेको हो । उक्त सेयर किन्न ईच्छुक व्यक्ति संस्थाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र संस्थाको केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

Leave Your Comment

Related News