काठमाडौं । बिहीबार नेप्से परिसूचक ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५३ वटा कम्पनीको १ करोड २० लाख ६५ हजार ५५५ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ४ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम १६ करोड रुपैयाँले बढेको छ। बुधबार कारोबार रकम ४ अर्ब ७३ करोड रुपैयाँ थियो।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अंक बढेको छ।
यस दिन ८ उप समूह घटेका छन् । ४ उप समूह बढेका छन् र १ समूह स्थिर रहेको छ । बैंकिङ ०.३९ प्रतिशत ,विकास बैंक ०.२२, वित्त ०.२० र जलविद्युत ०.०३ प्रतिशतले बढेको छ । होटल्स तथा पर्यटन समूह ०.१३, जीवन बीमा ०.१० उत्पादन र प्रशोधन ०.०७, लघुवित्त ०.०२, म्युअुचल फण्ड ०.२६, निर्जीवन बीमा ०.५०,अन्य समूह ०.३२ र व्यापार समूह १.०५ प्रतिशत घटेको छ ।यता, लगानी भने स्थिर रहेको छ ।
यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १०.८१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.३५ प्रतिशत बढेको छ भने इमर्जीङ्ग नेपालको शेयरमूल्य ७.७१ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन सिद्धार्थ बैंक पहिलो स्थानमा रहेको छ। सो बैंकको यस दिन ३० करोड ५३ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको यस बैंकले भोली अर्थात असोज १६ गते बुकक्लोज गर्दैछ। लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएकोले लगानीकर्ताहरु यसतर्फ आकर्षिक भएका हुन्।
त्यस्तै, अपि पावर कम्पनीको करिब २२ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हाथवे इन्भेष्टमेन्टको करिब २२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।



